काठमाडौं उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन्। अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment