आज प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने

डिसी नेपाल
६ साउन २०७९ ९:१९
112
Shares

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ।

आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *