आकर्षण बढाउँदै छातेढुंगा

डिसी नेपाल
६ साउन २०७९ १२:५३

छातेढुंगा (तेह्रथुम)। झण्डै ९० वर्षअघि निजी श्रोतमा बनाइएको छातेढुंगाको आकर्षण बढ्दै गएको पाइन्छ। तेह्रथुमको आठराई गाउँपालिका– ५, थरथरेडाँडामा यो ढुंगा विक्रम सम्बत १९८९ मा बनाईको हो।

स्थानीय सुकलाल कन्दङवाले साँगेखोलामा माथिको छाता ढुंगो खोजी गरेको विगत स्थानीय राममणि थपलियाले स्मरण गरे। गोगनेखोलामा छाताको पिलर ढुंगो खोजी भयो। र, ठूलो संख्यामा स्थानीयले ढुंगाकै खाँबो र ढुंगाकै छाता ठड्याएका थिए।

‘केहीअघि त्यो छातेढुंगालाई व्यवस्थित गर्न १० जनाले पनि ढुंगा उचाल्न नसकेपछि जेसिभीले उचालेर राखिएको थपलियाको भनाइ छ।
बडेमानको पिलर र छाता भएको थरथरेडाँडाको नाम नै अहिले छातेढुंगा भएको छ। त्यहाँ आठराई क्षेत्रका प्राय स्थानीय पुगिसकेका छन्।

आठराई क्षेत्र, ताप्लेजुङ, संखुवासभा, पाँचथर र इलामदेखि पनि ढुंगो हेर्न मानिसहरु आउने गरेको आठराई-४, इवाका गणेश प्रसाइले बताए।
‘आठराई क्षेत्रका संक्रान्ती, चुहानडाँडा, इवा, फिदिम, इलामका प्रायः व्यक्तिहरु तेह्रथुम पुग्दा यो ढुंगाको अवलोकन नगरी फर्कँदैनन्,’ गणेश प्रसाईले डिसी नेपालसँग भने।

मानव निर्मित र अति गह्रुङगो भएको कारण त्यो कसरी बनाएर राखिएको जिज्ञासाबीच मानिसहरु ढुंगाको अवलोकन गर्न आइरहेको र यसको लोकप्रियता बढ्दै गएको पाइन्छ दैनिकजसो १०–१५ जना मानिस यहाँ आइपुुग्ने गरेको स्थानीय बताउँछन् । ‘अब भने हामी यहाँ आउनेको उपस्थिति रेकर्ड राख्ने तयारीमा छौं ,’ राजमणि थपलियाले आगामी योजना सुनाए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *