कर्मचारी निकालिएको विराेधमा प्रदर्शन
भैरहवा। रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ। गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले शुक्रबार प्रदर्शन गरेका हुन्।
५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए।
प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment