यस्ताे छ मंगलबारसम्मको मौसम

डिसी नेपाल
८ साउन २०७९ ७:२०

काठमाडौं। आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *