कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु
फाइल फाेटाे।
नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन्।
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment