प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
८ साउन २०७९ ८:३८

काठमाडौं। संघीय संसद् प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ।

त्यस्तै, कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ। २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ।

आजै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि बैठकमा पेस हुने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *