डब्लुएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
ग्लोबल हेल्थ इमर्जेन्सीलाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिएको छ। मंकीपक्सका बिरामी बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रस एडपनम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सका १६ हजार विरामी रहेको बताए ।
यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।
यस समयमा थप दुई स्वास्थ्य आपतकालिन छन्। एउटा कोरोना भाइरसको महामारी र अर्को पोलियो। जसलाई लामो समयदेखि मेटाउने प्रयास भइरहेको छ ।
नेपालमा भने यो रोग अहिलेसम्म पुष्टी भएको छैन । भारतमा हालसम्म तीन जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment