तीन जना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला

डिसी नेपाल
८ साउन २०७९ १२:४९

काठमाडौं। झापामा तीन जना किशोरीहरु झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानका मजदुर रहेका उनीहरु बयरको रुखमा झुण्डिएर मृत फेला परेका हुन्।

झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन्।

उनीहरूलाई आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरी बोलाएका थिए। उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *