म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

डिसी नेपाल
९ साउन २०७९ १०:३६
56
Shares

यांगुन। म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ। दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो। पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो।

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो। जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो।

म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ। मृत्युदण्डको खवरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घटकले जनाएका छन्। प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर गठबन्धन सरकार बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *