बेलायतको प्रधानमन्त्रीका लागि चुनाबमा लगातार ५ राउण्ड जितेका ऋषि अन्तिम राउण्डमा हार्ने खतरा
काठमाडौं । बेलायतमा बोरिस जोनसनले जुलाई ७ मा प्रधानमन्त्री र पार्टी नेता पदबाट राजीनामा दिए। यसपछि बेलायतमा कन्जरभेटिभ पार्टी (टोरी पार्टी) को नेतृत्वका लागि जुलाई १२ मा निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सुरुमा ८ नेताले आ–आफ्ना दाबी पेश गरेका थिए । तर ५ राउण्डको भोटिङपछि दुई उम्मेदवार ऋषि सुनक र लिज ट्रस मात्र बाँकी छन् । कन्जरभेटिभ पार्टीको नयाँ नेताको नाम सेप्टेम्बर ५ मा घोषणा हुनेछ । उनी बेलायतको अर्को प्रधानमन्त्री हुनेछन् ।
विशेष कुरा के हो भने लगातार ५ राउण्डको भोटिङमा शीर्ष स्थानमा रहेका सुनकका लागि प्रधानमन्त्रीको दौडमा अन्तिम चरणको लडाई निकै कठिन हुने बताइएको छ । ऋषि सुनकका लागि अन्तिम राउण्ड किन अप्ठ्यारो मानिएको छ र बेलायतमा प्रधानमन्त्रीको उम्मेदवारको छनोट कसरी हुन्छ ?
बेलायतमा कन्जरभेटिभ पार्टी सत्तामा छ । बोरिस जोनसनले राजीनामा दिएपछि पार्टीको नयाँ नेताको खोजी भइरहेको छ । यो भनेको नेपालमा राजनैतिक दलले संसदीय दलको नेता छानेको जस्तै हो । कन्जरभेटिभ पार्टीमा नेता छनोटको लागि दुई चरणमा निर्वाचन हुँदैछ । यिनै नेता प्रधानमन्त्री पनि हुनेछन् ।
यहाँ २० सांसदको समर्थन भएको उम्मेदवारले मात्रै पार्टीको नेताको लागि उम्मेदवारी दिन सक्नेछ । यसपटक पनि बेलायतमा ८ जनाले उम्मेदवारी दिएका थिए । त्यसपछि पार्टीका सांसदहरूले मतदान गर्छन्। कम मत ल्याउने उम्मेदवार बाहिरिन्छन् । यो प्रक्रिया दुई उम्मेदवार बाँकी नभएसम्म जारी रहन्छ।
५ राउण्डको भोटिङपछि दुई उम्मेदवार ऋषि सुनक र लिज ट्रस मात्र बाँकी छन् । विशेष कुरा के छ भने ऋषि सुनक सबै राउन्डमा सबैभन्दा अगाडि रहेका छन् । उनले पाँचौ चरणमा १३७ मत प्राप्त गरे । जबकि लिज ट्रसले ११३ मत प्राप्त गरिन् ।
नेपालमा संसदीय दलको नेता पार्टीका सांसदहरूले मात्र चयन गर्छन् । यदि नेपालको जस्तो प्रक्रिया भएको भए सुनक संसदीय दलको नेता र प्रधानमन्त्री भइसक्ने थिए । किनकि उनले आफ्नो पार्टीका बहुमत सांसदको समर्थन पाइसकेका छन् । तर, बेलायतमा नेपालको जस्तो प्रक्रिया पूरा गरेर मात्रै पुग्दैन ।
कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवार बाँकी नहुँदासम्म मतदानमा भाग लिए र २ जना उम्मेदवार छाने । अब सांसदहरूको काम सकियो । अब पार्टीको नेताको अन्तिम छिनोफानो कार्यकर्ताले नै गर्नेछन् । अब कार्यकर्ताले भोट हाल्ने बेला आएको छ ।
अहिले ऋषि सुनक र लिज ट्रसले देशभर प्रचारप्रसार थालेका छन् र पार्टी कार्यकर्तालाई भोट गर्न अपिल गरिरहेका छन् । करिब १.६ लाख टोरी मतदाताले हुलाक मतपत्रबाट मतदान गर्नेछन् र ऋषि सुनक र लिजट्रस मध्ये एकलाई आफ्नो नेताको रूपमा छान्नेछन्।
सन् १९६५ भन्दा पहिले कन्जरभेटिभ पार्टीका सांसदहरूले आपसमा छलफल गरी नयाँ नेता छान्ने गर्थे, त्यतिबेला पार्टीमा चुनाव हुँदैनथ्यो । १९६५ मा तत्कालीन पार्टी नेता एलेक्स डगलस-होमले नयाँ कार्यविधि घोषणा गरे, जुन कार्यविधिअनुसार भविष्यमा कन्जरभेटिभ सांसदहरूले नयाँ नेता चयन गर्नेछन्।
यो कार्यविधिअनुसार पहिलो चरणमा विजयी हुनका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। यदि कसैले ५०% भन्दा बढी मत प्राप्त गर्न सकेन भने उम्मेदवारले ५०% मत प्राप्त नगरुन्जेल निर्वाचन जारी रहनेछ। तर हालका नियमहरू कन्जरभेटिभ पार्टीका तत्कालीन नेता विलियम हेगले सन् १९९८ मा ल्याएका थिए।
कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि अब ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा छ । अब पार्टीका १.६ लाख कार्यकर्ताले हुलाक मतपत्रबाट आफ्नो नेता चयन गर्नेछन् । तर सबै सर्वेक्षणका अनुसार ऋषि सुनक यस चुनावमा पछि परेको देखिन्छ ।
भर्खरै युगभले पार्टीका ७३० सदस्यमाथि सर्वेक्षण गरेको छ । यसमा ६२ प्रतिशत जनताले लिज ट्रसको समर्थनमा मतदान गरेका थिए । जबकि ३८ प्रतिशतले ऋषि सुनकलाई समर्थन गरेका छन् । तर, यो सर्वेक्षण मात्रै हो, जसमा ७३० सदस्यले मात्रै मतदान गरेका थिए । जबकि पार्टीको नेतृत्व १.६ लाख कार्यकर्ताले तय गर्नुपर्छ ।
यसअघि बेलायती पत्रिकाले कन्जरभेटिभ पार्टीका कार्यकर्ताहरुको सर्वेक्षण गरेको थियो । यसमा, पेनी मोर्डेन्ट सबैभन्दा अगाडि थिए। उनलाई १९.६ प्रतिशत जनताले समर्थन गरेका थिए । केमी बडेनोच १८.७ प्रतिशतका साथ दोस्रो र १२.१ प्रतिशतका साथ ऋषि सुनक तेस्रो भए । सुएला ब्रेभरम्यानलाई ११.०५% र लिज ट्रसलाई १०.९३% ले समर्थन गरिएको थियो। अर्थात् लिज यस सर्वेक्षणमा ५ नम्बरमा थिइन् । अहिले ऋषि सुनक र लिज बाहेक अरु उम्मेदवार प्रधानमन्त्रीको दौडबाट बाहिर छन् ।
शनिबार कार्यकर्तालाई सम्बोधन गर्दै ऋषि सुनकले भने, ‘म कमजोर छु भन्नेमा कुनै शंका छैन र कन्जरभेटिभ पार्टीका केही शक्तिले अर्को उम्मेदवारलाई प्रधानमन्त्रीको पद दिन चाहन्छन् । तर मलाई लाग्छ कि सदस्यहरू विकल्प चाहन्छन् र तिनीहरू सुन्न तयार छन्।
लिज ट्रसको जन्म सन् १९७५ मा अक्सफोर्डमा भएको थियो । लिज ट्रस बेलायतको दोस्रो महिला विदेशमन्त्री थिइन्। ट्रसले लिबरल डेमोक्र्याटसँग राजनीति सुरु गरिन् । पछि कन्जरभेटिभ पार्टीमा प्रवेश गरिन् । उनले सन् २००१ र २००५ मा कन्जरभेटिभ पार्टीको टिकटमा चुनाव लडिन्, तर पराजित भएकी थिइन् । उनी सन् २००६ मा ग्रीनविचको काउन्सिलर चुनिएकी थिइन् । २०१० मा, उनी दक्षिण पश्चिम नोर्फोक सीटबाट सांसद बनिन्। २०१२ मा उनी शिक्षामन्त्री भइन् ।







डिसी नेपाल







Facebook Comment