करिव १७ क्विन्टल ‘काईनेटिक’ ढुङ्गासहित एक जना पक्राउ

डिसी नेपाल
९ साउन २०७९ १३:१५
128
Shares

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेत छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *