तालिबानले गर्याे युट्युबरको रामधुलाई
तालिबान। अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ। अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन्। अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर आफूहरूको ह्वाट्सएप ग्रुपमा राखेको प्राप्त विवरणहरूमा जनाइएको छ। अजमल र उनका सहकर्मीहरूलाई इस निन्दाको आरोपमा पक्राउ गरिएको तालिवानको गुप्तचर महानिर्देशनालयले जनाएको छ।
एउटा विवादास्पद भिडियोमा अजमलका सहयोगीमध्ये एक जना कुरानको केही वाक्यांश हास्यास्पद तरिकामा पढेका छन्। उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ।
तर, तालिबानले यसलाई अपराध मान्दै अजमलले ‘इस्लामिक पवित्र मूल्यहरूको अपमान’ गरेको आरोप लगाएको छ। सोही आरोपमा माफी मागेको भिडियो पोस्ट गरे तापनि चारै जनालाई थुनामा राखिएको छ।







डिसी नेपाल







Facebook Comment