कल सेन्टरमा छापा मारेर २० अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीले अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।
गैरीगाउँस्थित घर भाडामा लिएर कल सेन्टर चलाएको सूचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले घरमा छापा मारेको थियो। गेटमा रहेका चिनियाँ नागरिकले प्रहरीलाई घरभित्र प्रवेश गर्न दिएका थिएनन्।
बल प्रयोग गरेर घरभित्र छिरेपछि प्रहरीले कल सेन्टर चलाउन प्रयोग हुने कम्प्युटरलगायतका सामग्री बरामद गरेको एसएसपी भरत बोहोराले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment