चिनियाँ सेना स्थल र हवाई क्षेत्रमा बढी आत्रमकः अमेरिकी जनरल
न्युयोर्क। संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको चेतावनी दिएका छन्।
अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको बताए। अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरूसँग पुनः तालमेल गर्न क्रममा हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन्।
चिनियाँ जनरल ली जुओचेङले यस महिना मिलेसँगको टेलिफोन अन्तर्वातामा ताइवानमा सम्झौताको लागि कुनै ठाउँ नभएको बताएका थिए। चीनले हालै सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेर दक्षिण प्रशान्त क्षेत्रमा नौसेना अड्डा स्थापना गर्ने राष्ट्रपति सी शासनको स्पष्ट आशयमाथि अमेरिकी डर पैदा गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment