रूस एकपटक फेरि युरोपेली देशहरूलाई झट्का दिने तयारीमा

डिसी नेपाल
१० साउन २०७९ १०:३५
780
Shares

काठमाडौं । रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मतसम्भार कार्यका कारण युरोपेली युनियनमा आफ्नो मुख्य पाइपलाइनबाट ग्यास आपूर्तिमा फेरि ठूलो कटौती गर्ने बताएको छ।

ग्याजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनमा अर्को टर्बाइन रोक्दा दैनिक २० प्रतिशतले ग्यास उत्पादन घटाउने र आपूर्तिलाई हालको स्तरको आधामा कटौती गर्ने बताएको छ।

यसैबीच, जर्मन सरकारले ग्यास आपूर्ति सीमित गर्नुमा कुनै प्राविधिक कारण नरहेको बताएको छ।

आपूर्ति कटौतीले इयु सदस्य राष्ट्रहरूलाई जाडो अघि उनीहरूको ग्यास भण्डारहरू पुनःपूर्ति गर्ने बाटो अझ गाह्रो बनाउने अपेक्षा गरिएको छ।

रुसबाट जर्मनीसम्म ग्यास ढुवानी गर्ने नर्ड स्ट्रिम १ पाइपलाइन विगत केही हप्तादेखि क्षमताभन्दा कम चलिरहेको छ। सोही महिनामा मर्मतसम्भारको कारण देखाउँदै यो पाइपलाइन १० दिनसम्म पूर्णरुपमा बन्द गरिएको थियो ।

गत वर्ष, इयु को ४० प्रतिशत ग्यास आवश्यकता रूसबाट आएको थियो, र इयुले अब रूसले ऊर्जा उत्पादनहरू हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइरहेको छ।

रुसले आपूर्ति कटौती गर्ने धम्की दिएपछि युरोपेली आयोगले देशहरूलाई आगामी सात महिनासम्म ग्यासको खपत १५ प्रतिशतले घटाउन आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *