कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
१० साउन २०७९ १०:४५

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका-३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक जना घाइते भएको छन्। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २० वर्षीय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए।

विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ।

हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *