विषालु रक्सी पिउँदा ७ जनाको मृत्यु !

डिसी नेपाल
१० साउन २०७९ ११:०५

काठमाडौं । गुजरातको बाटोद जिल्लामा विषाक्त मदिरा सेवनबाट कम्तीमा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय प्रहरीले बाटोद जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको र १० जनालाई अस्पताल लगिएको बताएको छ ।

गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले नक्कली र देशी रक्सी बेच्ने व्यवसायमा संलग्न रहेको आरोपमा तीन मदिरा तस्करलाई पक्राउ गरेको बताएका छन्। भाटियाले भने, ‘अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ भने १० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना भएका एक पुरुषकी श्रीमतीले आइतबार राति आफ्नो श्रीमानले रक्सी पिए र त्यसको केही घण्टापछि नै स्वास्थ्य बिग्रन थालेको बताएकी छन् । आइतबार राति एक मदिरा बिक्रेताबाट नक्कली मदिरा किन्दा १५ जना बिरामी परेको उनको स्वास्थ्यमा सुधार हुँदै गएको हिम्मत भाइले दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *