गाडीले ठक्कर दिएर भुइमा ढलेपछि लुटपाट

डिसी नेपाल
१० साउन २०७९ १३:४४

न्युयोर्क। एउटा डरलाग्दो घटनामा एक व्यक्तिलाई कारले ठक्कर दिन्छ । त्यसपछि उनी बाँच्नको लागि संघर्ष गर्छन् । उनी भुइँमा छटपटाइरहेका हुन्छ । त्यही बेला उनी लुटिन्छन् । यो अमेरिकामा हालै भएको घटना हो ।

न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले दुर्घटनाको फुटेज ट्विटरमा सेयर गर्दै  उक्त घटना शनिबार ब्रोन्क्समा भएको जानकारी दिएको छ । संदिग्धहरूले एक ३९ वर्षीय पुरुषलाई कारले ठक्कर दिए । त्यसपछि जबरजस्ती उसको सम्पत्ति लिन अघि बढे’ पोस्टमा भनिएको छ ।

विभत्स उक्त भिडियोमा कालो, चार ढोकाको सेडानले पिडितलाई हावामा फ्याँकिएको देख्न सकिन्छ । गाडिको ठक्करबाट ३९ वर्षीय ती पुरुष चोट लागेर सडकमा लडेका थिए ।

केही सेकेन्डमै ठक्कर दिने गाडी भित्र रहेका दुईजना व्यक्तिहरू कारबाट बाहिर निस्किए र घटनास्थलबाट भाग्नु अघि उसको पकेटमा भएका सामानहरू लगेका थिए ।

न्यूयोर्क पोस्टका अनुसार उक्त घटनापछि, एक आपत्कालीन चालक दलले पीडितलाई अस्पतालमा लगेका थिए । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *