भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित

डिसी नेपाल
११ साउन २०७९ ६:०८

नयाँ दिल्ली। भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साताभरका लागि निलम्बन गरिएको छ। ‘राज्यसभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो।

मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अबरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ। ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ। ’

निलम्बित सांसदले सदन नछोडेपछि एक घन्टाका लागि बैठक स्थगित भएको थियो। यसअघि तल्लो सदन लोकसभाका सभामुखले संसदका चार सदस्यलाई वर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए। सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *