पूर्वराष्ट्रपति गोटाबाया सिंगापुरबाट स्वदेश फर्किने श्रीलंकाको अपेक्षा

डिसी नेपाल
११ साउन २०७९ ६:५७
356
Shares

कोलम्बो।– श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन्।

सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए। उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स भागेका थिए र त्यसको भोलिपल्ट सिंगापुर गएका थिए।

मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजापाक्षेको बारेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्रिपरिषद्का प्रवक्ता रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति नलुकेको र उनी सिंगापुरबाट फर्कने अपेक्षा गरिएको बताए।

यातायात, राजमार्ग तथा आमसञ्चार मन्त्रीसमेत रहेका रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति देश छोडेर भागेको र लुकेर बसेकोमा आफूलाई विश्वास नलागेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *