पेलोसीको ताइवान भ्रमणको हल्लाले बेइजिङ रुष्ट

डिसी नेपाल
११ साउन २०७९ ११:२०
60
Shares

न्युयोर्क। अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको हल्लाले चीन रुष्ट बनेको छ। सभामुख पेलोसीले आगामी साता ताइवानको भ्रमण गरेमा त्यसले ‘गम्भीर परिणाम’ निम्त्याउने सोमबार चीनले चेतावनी दिएको छ। श्रीमती पेलोसी सन् १९९७ पछि स्वशासित टापुको यात्रा गर्ने उच्च श्रेणीको अमेरिकी राजनीतिज्ञ हुनेछिन्।

चीनले स्वशासित ताइवानलाई आफूबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै पुनः देशको हिस्सा बन्ने विश्वास गर्छ। यो उदेश्य प्राप्तिका लागि उसले सम्भावित बलसमेत प्रयोग गर्ने उसले संकेत गर्दै आएको छ। तर, विदेश मन्त्रालयले श्रीमती पेलोसीले कुनै यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी दृष्टिकोण अपरिवर्तित रहेको जनाएको छ।

पेलोसीले पनि भ्रमणबारे केही भनेकी छैनन् तर ताइवानलाई सहयोग गर्नु महत्वपूर्ण हुने उनले बताउँदै आएकी छिन्। पेलोसी अप्रिलमा ताइवानको भ्रमण गर्ने योजना बनाएकी थिइन्। तर, कोभिड पोजेटिभ देखिएपछि उनले आफ्नो योजना स्थगित गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *