श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने

डिसी नेपाल
११ साउन २०७९ ११:२६

काठमाडौं । श्रीलंकाले देशका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे कतै लुकेको नभएको र उनी छिट्टै सिंगापुरबाट स्वदेश फर्किने बताएको छ । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनेले मंगलबार भनेका छन् कि जुलाई १३ मा श्रीलंका छाडेका राजापाक्षे भागेका छैनन् र श्रीलंका फर्कनेछन्।

श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । जुलाई ९ मा राजधानी कोलम्बोमा एक किसिमको विद्रोह भएको थियो जसमा हजारौं प्रदर्शनकारी राष्ट्रपति भवन भित्र पुगेका थिए ।

गुणवर्द्धने श्रीलंकाका यातायात तथा सञ्चारमन्त्री पनि हुन्। उनले पूर्वराष्ट्रपति राजापाक्षेलाई सिंगापुरमा २४ दिनको छोटो अवधिको भिसा दिइएको बताए ।

सिंगापुरका महान्यायाधिवक्ताले श्रीलंकाका पूर्व राष्ट्रपतिलाई हिरासतमा राख्न माग गरेका छन् । यस सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ताले यस्तो माग गरेमा पूर्वराष्ट्रपतिलाई कुनै हानी नहोस् भन्ने कुरा देशको जिम्मेवार अधिकारले सुनिश्चित गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *