पदभार ग्रहण गर्दै भुवन केसीले भने-मलाई असफल हुने छुट छैन
काठमाडौं। नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो।
बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन्। कार्यालयका कर्मचारीले उननलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन्।
पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए। १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेकाे बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment