भिजिट भिसामा विदेश नजान गृह मन्त्रालयको आग्रह

डिसी नेपाल
११ साउन २०७९ १७:३८

काठमाडौं । गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ।

बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

पछिल्लो समय यूएई लगायत देशमा आकर्षक सेवा सुविधाको लोभमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ । यस्ता कार्यमा संलग्न भई भिजिट भिसामा रोजगारीको लागि श्रमीकहरु गएकोमा गृह मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिसामा श्रमका लागि गएका नेपाली नागरिकहरु ठगिने क्रम शुरु भएको हुँदा विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *