आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१२ साउन २०७९ ६:१५

काठमाडौं। आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ।
शुक्रबार देशभर बदली रहनेछ। मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *