मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

डिसी नेपाल
१२ साउन २०७९ ९:५७
608
Shares

न्युयोर्क। नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेका छन्। उक्त वस्तु मंगल ग्रहको सतहमा रहेको रोबोटिक अन्वेषकलाई कम गर्न सन् २०२१ को फेब्रुवरीमा प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।

समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ ।’

उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *