एकै पटक धेरै सवारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यु

डिसी नेपाल
१२ साउन २०७९ १०:१७
64
Shares

मेक्सिको सिटी। दक्षिण मेक्सिकोको गुरेरो राज्यमा बुधबार एकै पटक धेरै सवारीसाधन दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

सुरक्षा अधिकारीहरूको प्रारम्भिक रिपोर्टअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान साढे ६ बजे ग्वेरेरोको कोस्टा ग्रान्डे क्षेत्रको अकापुल्को–जिहुआटानेजो राजमार्गमा भएको थियो।

एक निजी गाडी चालकले कार्गो ट्रकलाई उछिन्ने क्रममा पछाडिको भाग ट्रकसँग ठोक्किदा नियन्त्रण गुमाएर राजमार्गको विपरित दिशामा गएको थियो। त्यसपछि उक्त ट्रक अर्को कारसँग ठोकिन पुगेको थियो।

उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनापछि उक्त राजमार्ग एक घन्टाभन्दा बढी बन्द भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *