माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई सात लाख रुपैयाँ बीमा रकम हस्तान्तरण
काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ। बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको हो।
ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो। बैंकले यसअघि पनि बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ।
बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment