स्रोत नखुलेको ५ लाख ८८ हजार नगदसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१२ साउन २०७९ ११:५९
60
Shares

पर्सा। वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *