चन्द्रमामा मानव बस्ती बसाउन सकिने ठाउँ भेटियो

डिसी नेपाल
१२ साउन २०७९ ११:३१
3.5k
Shares

काठमाडौं । चन्द्रमामा मानिस बस्न लायक ठाउँ फेला परेको छ । यी यस्ता खाडलहरू हुन् जहाँ मानिस बस्नको लागि उपयुक्त तापक्रम हुन्छ। यी खाल्डाहरू नासाको लुनार रिकोनेसन्स अर्बिटर (एलआरओ) को सहयोगमा पत्ता लगाइएको हो। यी खाडल भित्रको तापक्रम १७ डिग्री सेल्सियस हुन्छ। यो त्यस्तो तापक्रम हो जसमा मानिस आरामसँग बस्न र काम गर्न सक्छ। अर्थात् भविष्यमा यस्ता खाल्डाभित्र मानव बस्ती स्थापना गर्न सहज हुनेछ ।

चन्द्रमामा मानव बसोबासका लागि यी खाल्डाहरू पत्ता लागेको अनुसन्धान प्रतिवेदन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित भएको छ । चन्द्रमाको अन्य क्षेत्रका क्रेटरहरू भन्दा यी बस्न योग्य क्रेटरहरू पूर्णतया फरक भएकोमा वैज्ञानिकहरू छक्क परेका छन्। चन्द्रमाको दिन दुई हप्ता लामो हुन्छ। यहाँको तापक्रम यति धेरै हुन सक्छ कि पृथ्वीमा पानी उम्लिन्छ। यस्तो अवस्थामा यी खाडलहरूमा बस्ने अवस्था हुनु राम्रो खबर मानिन्छ।

चन्द्रमामा बस्न लायक यी खाल्डाहरू मेयर ट्रांक्वेलिटेटिस अर्थान सी अफ ट्रांक्विलिटीमा भेटिएका छन्। यी खाडल ३ सय २८ फिट गहिरो छन् । यी क्रेटरहरूको तापक्रम चन्द्रमाको बाँकी सतहबाट थोरै मात्र परिवर्तन हुन्छ। खासै फरक पर्दैन। नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरको एलआरओ परियोजनाकी वैज्ञानिक नोआ पेट्रोले चन्द्रमाको खाडल निकै अचम्मलाग्दो रहेको बताइन् । यदि तिनीहरूको तापक्रम स्थिर रह्यो भने, यहाँ मानव कोलोनी बन्न सक्छ।

नोआ पेट्रोले भनिन् कि लुनार पिट्स पहिलो पटक सन् २००९ मा पत्ता लागेको थियो। खाल्डाहरू फरक छन् र यी पिट्सहरू फरक छन्। खाडलहरू छड्के हुन सक्छन् तर पिट्सहरू ठाडो सीधा गहिराइका हुन्छन्। यदि यिनीहरूमा जाने बाटो भेट्टाए, अन्तरिक्ष यात्रीहरूले तिनीहरूको भित्र बस्ने ठाउँ बनाउन सक्छन्। किनभने यहाँ सौर्य विकिरण, बढ्दो तापक्रम र साना उल्का पिण्डहरू ठोकिने डर छैन। तिनीहरू चन्द्रमाको सतह भन्दा सुरक्षित छन्।

चन्द्रमामा यस्ता खाडलहरू जस्तै गुफाहरूमा मानिसले बस्नु पर्ने हुन सक्छ। यसमा कुनै हानि छैन, किनकि मानिसका पुर्खाहरू गुफाहरूमा बसेका थिए। यदि सबै ठीकठाक भयो भने, मानिसहरू आगामी केही वर्षहरूमा चन्द्रमाको सतहमा फर्कनेछन्। त्यहाँ मानिसले आफ्नो बस्ती निर्माण गर्नेछन्। यी चन्द्रमा खाडलहरूले उनीहरूको सुरक्षित कोलोनी निर्माणको सपना पूरा गर्न मद्दत गर्न सक्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *