दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार

डिसी नेपाल
११ वैशाख २०८३ १६:३६

काठमाडौं। परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका दिए।

उनले भने, ‘दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन्।’

हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ।

कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘सन २०२१ यता विभिन्न उदेश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगिसकेको छ। कम्बोडिया सरकारले हालै ९ जना नेपालीहरुलाई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रकाउ पनि गरेको छ। जसमध्ये ५ जनालाई संगठित ठगी अपराधमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिने र ४ जनालाई अनुसन्धानका लागि थुनामा राखिने गरी कार्य भैइरहेको हामीलाई प्राप्त भएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *