खाेटाङ भूकम्प : केही घरमा क्षति, विवरण संकलन जारी

डिसी नेपाल
१५ साउन २०७९ ११:३५

खोटाङ। खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ।

हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिए। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन्। यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए।

भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए। पटक-पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन्। आइतबार बिहान ८ बजेर १३ मिनेटमा खाेटाङकाे मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *