सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

डिसी नेपाल
१८ साउन २०७९ ८:३३

सुनसरी। सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्।

गए रातिदेखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू-भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन्।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *