क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्। २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन्।
पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए। गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।
यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment