यू-१७ राष्ट्रिय पुरुष फुटबलः पहिलो चरणमा ६० खेलाडी छनोट

डिसी नेपाल
१९ साउन २०७९ १०:४२

काठमाडौं। यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जानकारी दिएको छ ।

एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । छनोट भएको यो टोलीले श्रीलंकामा आयोजना हुने साफ च्याम्पियनसिप र भियतनाममा हुने एसियन कप छनोट खेल खेल्ने छ। साफ आगामी सेप्टेम्वर ५ बाट र एसियन कप छनौट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *