यौन उत्पीडन झेलिन्, डिप्रेशनको सिकार, अनि शकिङ ट्रान्सफरमेसनका साथ कमब्याक (२५ तस्वीर)

डिसी नेपाल
१९ साउन २०७९ १३:१०

काठमाडौं । टिभी स्टार शमा सिकन्दर आज ४ अगस्टमा आफ्नो जन्मदिन मनाउँदै छिन् । अभिनेत्री आफ्नो अभिनय कौशलका लागि मात्र होइन, उनको किलर लुक्सका लागि पनि प्रसिद्ध छिन्। शमा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । शमाका इन्स्टाग्राममा २८ लाख फलोअर्स छन् ।

हुन त शमाले यस्ता धेरै सिरियलमा काम गरिसकेकी थिइन् तर उनले सन् २००३ मा सोनीको टिभी सिरियल ‘ये मेरी लाइफ है’ बाट वास्तविक चर्चा पाइन् । शमाको जीवन र उनको करियर उतार-चढावले भरिएको छ। शमाले जीवनमा धेरै पीडा सहेकी छिन् । शमाको टिभी करियर राम्रै चलिरहेको बेला उनले अचानक ब्रेक लिएर सबैलाई चकित पारिन् । शमा लामो समयदेखि पर्दाबाट गायब थिइन् ।

६ वर्षअघि शमा सर्ट फिल्म सेक्सोहोलिकबाट शोबिज दुनियाँमा फर्किएकी थिइन् । यो फिल्ममा शमाले धेरै किसिङ सीन दिएकी छिन् । टिभी सिरियलमा साधारण, संस्कारी देखिने नायिकाको बदलिएको रुप देखेर सबै छक्क परे । शमाको शैली पूरै बदलिएको थियो ।

प्रायः सुट–सलवारमा सिरियल गर्ने शमा बिकिनीमा देखिन थालेकी छिन् । उनको स्टाइल निकै ग्ल्यामरस भएको थियो । जसलाई देखेर धेरैले शमाले प्लास्टिक सर्जरी गरेको बताएका छन् । यी अफवाहको खण्डन गर्दै शमाले यसलाई निराधार भनेकी थिइन् । शमाले यो कस्मेटिक प्रक्रिया भएको बताइन् । उनले भनेकी थिइन् ‘म त्यतिबेला सानै थिएँ, अहिले ठूलो भएँ, त्यसैले परिवर्तन आउनु स्वभाविक हो ।’

शमाले सेक्सोहोलिक पछि विक्रम भट्टको वेब सिरिज मायामा पनि काम गरिन् । यो शृंखला पनि निकै बोल्ड विषयमा बनाइएको थियो । यस सिरिजमा शमाको साथमा शाइनी आहुजा पनि थिए । यो शृङ्खलाले शमाको छविलाई पूरै परिवर्तन गरिदियो ।

शमाले पनि एक अन्तर्वार्तामा आफू १४ वर्षको उमेरमा यौन उत्पीडनको शिकार भएको खुलासा गरेकी थिइन् । शमाले एक निर्देशकले उनको तिघ्रामा हात राखेको बताइन् । तर उनले तुरुन्तै हात हटाइन्। शमाले सानैदेखि मनोरञ्जन उद्योगमा काम गर्न थालेकी थिइन् ।

निर्देशकले शमासँग गरेको व्यवहारपछि उनी निकै डराएकी थिइन् । तर अभिनेत्रीको प्रतिक्रियासँगै निर्देशकले उनलाई धम्की दिने प्रयास गरे । शमाले भनिन्–निर्देशकले भनेका थिए कि तिमिलाई स्टार बन्छु भन्ने लागेको छ ? तिमीलाई यहाँ कसैले छोड्ने छैन। यदि निर्देशक होइन भने निर्माता होस् वा नायक, कोही न कोहीले तिमीलाई पक्कै शोषण गर्छ ।

शमालाई त्यो घटनाबाट टाढा पुग्न निकै समय लाग्यो । शमा जवान थिइन् र उनको सपना ठूलो थियो। यी उतारचढावसँग लड्दै शमाले कुनै न कुनै रूपमा काम पाउन सफल भइन् । र धेरै प्रोजेक्टहरू गर्दै गइन्। शमाले एक अन्तर्वार्तामा आफू डिप्रेसनसँग लडिरहेको कुरा पनि खुलाएकी थिइन् ।

शमाले ब्रेकमा जानुअघि आफू पनि बाइपोलर डिसअर्डर र डिप्रेसनको सिकार भएको बताइन् । शमाले भनिन्, ‘उद्योगको दुईतर्फी दुनियाँले थकित भएँ ।’ आफूलाई खोज्दै धेरै टाढा गएको र त्यसमा सफल पनि भएको शमाले बताइन् । अहिले इमान्दार जीवन बिताइरहेको शमा बताउँछिन् । शमाले चार महिनाअघि मात्रै विवाह गरेकी थिइन् । आजकल उनी कामसँगै आफ्नो वैवाहिक जीवनमा धेरै ध्यान दिन्छिन् । शमाले मानसिक स्वास्थ्यका बारेमा पनि सचेत गराइरहेकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *