भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

डिसी नेपाल
२१ साउन २०७९ २०:५०

काठमाडौं । भारतको १६ औं उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन्। शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा जम्मा ७२५ मत खसेको थियो । जसमध्ये जगदीप धनखरले ५२८ मत पाएका छन् । विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत पाएकी छन् ।

१५ मत बदर घोषित भएको छ । यससँगै उपराष्ट्रपतिको निर्वाचनमा जगदीप धनखर विजयी घोषित भएका छन् ।

देशका नवनियुक्त उपराष्ट्रपति जगदीप धनखरले ११ गते सपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।

धनखर जुलाई २०१९ मा पश्चिम बंगालको राज्यपाल पनि बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *