नर्थ क्यारोलिना च्याप्टरको सचेतनामुलक अन्तरक्रिया

डिसी नेपाल
२५ साउन २०७९ १०:१२

काठमाडौँ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा आयोजित ‘आत्महत्या न्यूनिकरण र मानसिक स्वास्थ्य’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए नर्थ क्यारोलिना च्याप्टरद्वारा अगष्ट ६ शनिवार आयोजित उक्त कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको हो।

उपस्थिति सहजतालाई ध्यानमा राखि भर्चुअल माध्यमबाट आयोजित यस अन्तरक्रियासहितको बहस कार्यक्रममा प्रमुख अतिथि  बिषयगत दक्षता हासिल गरेका चिकित्सा क्षेत्र नेपाली डा. जगन सुवेदी, डा. सुष्रुशा अर्ज्याल र डा. नरेन्द्र ठगुन्नाको साथमा सहभागिहरुले अन्तरक्रियात्मक छलफल गरेका थिए।

यस कार्यक्रममा टेक्सस, क्यालिफोर्निया कोलोराडो, केन्टकी लगायत २० राज्यका च्याप्टर प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा समाज आतंकित हुने गरि दिनानुदिन बढ्दै गएको आत्महत्या अघिका कारण, मानसिक अवस्था, सृजना हुने मानसिक अन्तरद्वन्द्व देखि आत्महत्यासम्मको बाटो रोज्ने अवस्थासम्मका बिबिध बिषयमाथी परामर्शसहितको छलफल भएको थियो।

नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष बासुदेव भट्टले सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै यस खालको कार्यक्रमलाई च्याप्टर निरन्तरता दिने जानकारी समेत गराएका थिए।

पश्चिमा समय अनुसार शनिवार साँझ ८ः१५ बजे अर्थात नेपाली समय अनुसार बिहान ६ बजेबाट सुरु भएको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण अमेरिकाबाट संचालित नेपाली समाचार पोर्टलहरुका फेसबुक पेजमार्फत पनि गरिएको थियो। जसको उद्देश्य कार्यक्रमा उपस्थित हुन नपाएका अन्य नेपालीहरुका लागि पनि यस कार्यक्रम उपयोगी बन्न सकोस् भन्ने रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *