बहिनीसँग प्रेम सबन्ध रहेको आशंका हत्या

डिसी नेपाल
३० साउन २०७९ ७:०४

काठमाडौं। बहिनीसँग प्रेम गरेको अभियोग लगाएर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरिएको छ। बाराका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेलले ठाकुरको हत्या गरी भारत लगेर शव व्यवस्थापन गरेको थिए।

ठाकुरले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेको प्रहरीको दावी छ। उनीहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार साउन २४ गते बिहान राजकुमार ट्युसन पढ्न वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवातर्फ साइकलमा गएको बेला दुई दाजुभाइ मिलेर हत्या गरेका हुन्।

उनीहरुले साउन २४ मै हत्या गरेर मोटरसाइकलमा शव राखी भारतको रक्सौलस्थित रेलवे स्टेशन नजिकको शौचालयमा व्यवस्थापन गरेका थिए। प्रहरीका अनुसार समयमा राजकुमार घर नफर्केपछि सम्पर्कविहीन रहेको भनी उनका बुबा मोतिलाल ठाकुरले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले साउन २७ गते बिहान वीरगंज महानगरपालिका-१६ नगवास्थित टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र प्रितम पटेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि शव फेला पारेको थिएन। जब उनीहरु र राजकुमारको बीचमा सम्पर्क भएको तथ्य नजिक पुगेको प्रहरीले केही क्लुहरु देखाएपछि पटेल दाजुभाइले अपराध स्वीकार गरेका थिए।

उनीहरुले आफ्नो बहिनीसँग प्रेम सबन्ध रहेको आशंका हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। राजकुमार ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर शव बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा राखी भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याएकाे बताएका थिए।

त्यसपछि त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव राखेर नेपाल फर्कीएको प्रहरीलाई बयान दिएपछि पर्सा प्रहरीले शव बरामदका लागि भारतीय प्रहरीसँग समन्वय गरेको थियो।

बयानपछि प्रहरीले प्रहरी बरिष्ठ नायव निरीक्षक बिनोद कुमार सिंहको कमाण्डमा भारतीय प्रहरीको समन्वयमा भारत प्रहरी पुगेको थियो। विहारको भागलपुर स्थितबाट शव बुझी ल्याएका थिए। अहिले उनीहरुलाई पर्सा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको एसपी बस्नेतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *