ओली पत्नीले असहायलाई भोजन खुवाएर मनाइन् जन्मदिन

डिसी नेपाल
३० साउन २०७९ १०:१५
84
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन्।

नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन्। उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन्।

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागर्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *