भुवन केसीको नियुक्तबारे सर्वोच्चले माग्यो सरकारको निर्णयको फायल

डिसी नेपाल
३० साउन २०७९ १८:००

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारको निर्णयको सक्कल फायल मागेको हो ।

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *