संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ।
दलका शीर्ष नेता सम्लग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) वधिेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठवन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment