रूसको सैन्य अड्डामा पटक-पटक कैयौं विष्फोट

डिसी नेपाल
३१ साउन २०७९ १६:३८

काठमाडौं । रुस नियन्त्रित क्रिमियामा रहेको सैन्य शिविरमा कैयौं विस्फोट भएका छन् । यस विष्फोटमा कम्तिमा दुई जना घाइते भएको खबर छ । तर, रुसले हतियार भण्डारमा आगलागीका कारण यी विस्फोटन भएको बताएको छ ।

विस्फोटहरू उत्तरी क्रिमियामा भएका थिए। नजिकैको बिजुली सबस्टेसनमा पनि आगलागी भएको देखिएको छ भने विष्फोट कसरी भयो भन्ने खुल्न सकेको छैन । गत हप्ता, क्रिमियाको तटमा युक्रेनले गरेको कथित आक्रमणमा रुसी लडाकु विमानहरू ध्वस्त भएका थिए।

युक्रेनको राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोलियाकले घटनालाई ‘असैनिकीकरणको कार्य’ भनेका छन्। उनको सङ्केतले विस्फोटहरू अचानक भएको घटना थिएन।

क्रिमियाका नेता रेफात चुबारोफले पनि विस्फोटको आवाज टाढासम्म सुनिएको बताए ।

अर्कोतर्फ पछिल्लो घटनाबारे रुसको रक्षा मन्त्रालयले मास्के गाउँ नजिकैको अस्थायी हतियार भण्डारमा आगलागी भएको र त्यसको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

ट्र्याकमा क्षति पुगेपछि रेल सेवा पनि प्रभावित भएको छ । रक्षा मन्त्रालयले भने कोही पनि गम्भीर घाइते नभएको जनाएको छ ।

तर रुसी-नियुक्त क्षेत्रीय प्रमुख सर्गेई अक्स्योनोभ घटनास्थलमा गए र नजिकैको गाउँबाट २,००० मानिसहरूलाई विस्थापित गरिएको र दुई जना घाइते भएको बताए। सन् २०१४ को सुरुमा रुसले क्रिमियालाई युक्रेनबाट विलय गरी गाभेको थियो ।

यस वर्षको फेब्रुअरीमा रसियाले युक्रेनमा आक्रमण गर्दा, उसले दक्षिणी युक्रेनलाई नियन्त्रण गर्न क्रिमियामा आफ्नो बेसहरू प्रयोग गर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *