जिल बाइडेलाई पनि कोभिड पोजेटिभ

डिसी नेपाल
१ भदौ २०७९ ९:००
52
Shares

वासिंङ्टन। अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पनि कोभिड पोजेटिभ भएको छ। उनलाई कोभिडको हल्का लक्षणहरू देखा परेको छ, ह्वाइट हाउसले जनाएको छ। यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि कोभिड भएको थियो। राष्ट्रपतिकी ७१ वर्षीया पत्नीले सोमबार नकारात्मक परीक्षण गरिन तर ‘साँझ अबेरसम्म चिसो जस्तो लक्षणहरू देखा पर्यो’ उनका सञ्चार निर्देशक एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्तिमा भने।

एन्टिजेन परीक्षणमा नकारात्मक देखिए पनि विस्तृत पीसीआर परीक्षण सकारात्मक देखिएको अलेक्ज्याण्डरले बताए । प्रथम महिला पाँच दिन आइसोलेसनमा बस्नेछिन्। उनी दुई पटक खोप लगाएके र दुई ओटा बुस्टर डोज लगाएको र हल्का लक्षणहरू देखिएको अलेक्ज्याण्डरले बताए।

जिल बिडेन दक्षिण क्यारोलिनामा एक निजी निवासमा बसिरहेकी छिन्। लगातार दुई नकारात्मक परीक्षण पछि व्हाइट हाउस फर्कने तयारी रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *