रूसले आफ्नो सैन्य अड्डामा घातक आक्रमण भएको स्वीकार गर्‍यो

डिसी नेपाल
१ भदौ २०७९ १०:३०

काठमाडौं । रुसले आफू नियन्त्रित क्रिमियाको ज्हानकोयेमा रहेको सैन्य शिविरमा भएको विष्फोटलाई ‘हानिकारक कार्य’ भनेको छ। यसअघि रुसले हतियार भण्डारमा आगलागीका कारण विष्फोट भएको बताएको थियो ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको रक्षा मन्त्रालयले १६ अगस्टको बिहानको घातक कारबाहीपछि झान्कोये नजिकैको हतियार डिपोमा क्षति पुगेको जनाएको छ।

यस हमलामा बिजुलीको सबस्टेसन, रेलवे र घरमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ तर कोही पनि गम्भीर घाइते भने नभएको मन्त्रालयले जनाएको छ ।

क्राइमियामा रुसका नियुक्त क्षेत्रीय प्रमुख सर्गेई अक्स्योनोभले घटनास्थलमा गएर नजिकैको गाउँबाट २ हजार मानिसलाई विस्थापित गरिएको र दुई जना घाइते भएको बताए । सन् २०१४ को सुरुमा रुसले क्रिमियालाई युक्रेनबाट विलय गरी गाभेको थियो ।

गत साता युक्रेनले गरेको आक्रमणमा रुसी लडाकु विमान नष्ट भएको बताइएको छ । यस वर्षको फेब्रुअरीमा रसियाले युक्रेनमा आक्रमण गर्दा, उसले दक्षिणी युक्रेनलाई नियन्त्रण गर्न क्राइमियामा आफ्नो बेसहरू प्रयोग गर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *