भारतले रुसबाट किन तेल किनिरहेको छ ? विदेशमन्त्री एस जयशंकरले बताए

डिसी नेपाल
१ भदौ २०७९ ११:०६

काठमाडौं । विदेशमन्त्री एस जयशंकरले युक्रेनमा हमलापछि लगाइएका प्रतिबन्धका बाबजुद भारतले रुसबाट तेल किन्ने काम जारी राखेको खुलासा गरेका छन् ।

थाइल्याण्डमा भारतीय समुदायसँगको कुराकानीमा जयशंकरले भारतका जनताको आम्दानीले महँगो मूल्यमा पेट्रोल र डिजेल किन्न पर्याप्त नभएको बताए । यस्तो अवस्थामा आफ्ना जनताका लागि उत्तम सम्झौता पाउनु उनीहरूको नैतिक दायित्व हो।

यस अवधिमा जयशंकरले भने, “तेल र ग्यासको मूल्य ह्वात्तै बढेको छ र अहिले धेरै पुराना आपूर्तिकर्ताहरूले अन्य मार्गबाट ​​युरोपमा तेल पठाइरहेका छन्। युरोपले अहिले मध्यपूर्वका देशहरू र रुसबाहेक अन्य स्रोतबाट आयात गरिरहेको छ। जसले भारतलाई आपूर्ति गर्न सक्छ।

विदेशमन्त्रीले भने, “यो यस्तो अवस्था हो जहाँ हरेक देशले स्वाभाविक रूपमा आफ्ना नागरिकहरूका लागि उत्तम सम्झौता गर्ने र तेल र ग्यासको बढेको मूल्यको प्रभावलाई कम गर्ने प्रयास गर्नेछ। हामी पनि त्यही काम गरिरहेका छौं।”

एस जयशंकरले पने, “मेरो देशमा प्रतिव्यक्ति आय दुई हजार डलर छ। यी मानिसहरूले ग्यास र तेलको उच्च मूल्य तिर्न सक्दैनन्। उनीहरूलाई राम्रो सम्झौता गराउनु मेरो प्रतिबद्धता र नैतिक दायित्व हो।”

उनले अमेरिकालगायत अन्य देशलाई भारतको अवस्थाबारे राम्ररी थाहा रहेको र त्यसलाई स्वीकार गरी अगाडि बढ्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *