मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !

डिसी नेपाल
१ भदौ २०७९ ११:४०
660
Shares

न्युयोर्क। ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन्।

‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे। र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु।’

ट्वीट गर्ने क्रममा एलन मस्क कत्तिको गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन। तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ। म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा क्लबको खराब प्रदर्शनका कारण वर्तमान अमेरिकी मालिक ग्लेजर परिवारलाई छोड्न आह्वान गरिरहेका छन्।

मस्कको ट्विटले ठूलो प्रतिक्रिया बटुलेको छ । एकजना ट्विटर प्रयोगकर्ताले सोधे, ‘के तपाई साँच्चै सोच्नुहुन्छ कि उनले ट्वीटर किन्दै छन ? वा काम नगलाग्ने कुरा गरिरहेका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *