गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा

डिसी नेपाल
२ भदौ २०७९ ६:३३
48
Shares

बेइजिङ। दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोड सेडिङको सामना गरेका छन्। गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोड सेडिङ सामना गर्न बाध्य भएका हुन्। हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ । तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ। प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधवार मात्र विद्युत आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चार माध्यमले जनाएको छ। उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ।

विद्युत अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखानाहरू काम रोक्न बाध्य भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *