थाइल्यान्डमा विस्फोट र आगलागी

डिसी नेपाल
२ भदौ २०७९ ८:०२

बैंकक। बुधबार दक्षिणी थाइल्यान्डमा कम्तिमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन्। विस्फोटमा ७ जना घाइते भएका छन्। स्टो र एक ग्यास स्टेशनलाई लक्षित गरी बम विष्फोट भएका थिए । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन्।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौंदेखि तल्लो तहको विद्रोह देखेका छन्। हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन्।

सन् २०१३ मा सुरु भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन्। यस वर्षको सुरुमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरु गरिरहेकै बेला बुधबारको आक्रमण भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *